विजयपुर/वडा प्रहरी कार्यालय धरानले मङगलबार साँझ अबैध रुपमा ल्याइएको करिब पाँच केजी चाँदी र ९९ ग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ ।
धरान ३ स्थित माछा भौडि छेउबाट अबैध चाँदी तथा सुन सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय धरानका प्रमुख सई जस बहादुर लिम्बुले बताए ।
स्थानियले सुचना दिएपछि पुगेका सई लिम्बु एक्लैले सुन र चादिको अबैध कारोबार गर्ने भारतीय नागरिक बिखनाम गनालाई नियन्त्रणमा लिएका हुन् ।अबैध कारोबारी गना बिराटनगर स्थित देबकोटा चौकमा डेरागरि बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
अबैध रुपमा ल्याइएको चाँदीका गहना र सुनका डल्लाहरु इलाका प्रहरी कार्यालयमा आबश्यक अनुसन्धानकालागि बुझाइएको सई लिम्बुले जानकारी दिए । पक्राउ परेका अभियुक्तले बरामत गरेको चाँदी तथा सुन भारतबाट र काठमाण्डौबाट ल्याएको बताएको उनले जानकारी दिए ।
पक्राउ परेका ब्यक्ति निकै समय अघिबाट सुन चाँदीको अबैध कारोबार गर्ने गरेको पाइएको छ । पक्राउ परेका ब्यक्तिले यस अघिपनि धरानका बिभिन्न सुन पसलहरुमा गएर चाँदी तथा सुनहरु बेच्ने गरेका थिए । पक्राउपरेका गनालाई सुनचाँदी का कालिगडहरुको सुचनाका आधारमा पक्राउ गरिएको थियो ।