सुरुङ्गा / नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन्र । आज विहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले १२९ मत प्राप्त गरेभने काफ्लेले ११६ मत प्रप्त गरे । सापकोटा सजिलो खबर डटकमका सम्पादक हुन् ।

त्यस्तै खुल्ला उपाध्यक्षमा गोपाल झापालीलाई ६२ मतले पराजित गर्दै एकराज गिरी निर्वाचित भएकाछन् । गिरीले १५६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उम्मेद्वार झापालीले ९४ मत मत प्राप्त गरे । यसैगरी महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी निर्वाचित भएकीछन् । शिवाकोटीले १४८ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्दी लीला अनमोलले ९२ मत प्राप्त गरिन् । सचिवमा गिरीराज भट्टराईलाई ५ मतलेपछि पार्दै सन्तोष आचार्य निर्वाचित भएकाछन् । उनले १२३ मत प्राप्त गरेभने भट्टराईले ११८ मत प्राप्त गरेका थिए । खुल्ला सह–सचिवमा केशव भट्टराई १५२ मात प्राप्त गर्दै निर्वाचित भए । उनले अर्जुन कार्कीलाई पराजित गरेका हुन् । कार्कीले ९२ मत प्राप्त गरे । समावेशी सह–सचिवमा आत्मराम राजवंशीलाई पराजित गर्दै इन्द्रजीत मुखिया निर्वाचित भए । मुखीयाले १३२ मत प्राप्त गरे भने उनका प्रत्यासी राजवंशीले १०७ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा र्इश्वर अधिकारी निर्वाचित भएका छन्। उनले यमनाथ विमलीलाई पराजित गरे । अधिकारीले १२८ मत प्राप्त गरे भने विमलीले ११५ मत प्राप्त गरे । यता महिला सदस्यमा भने सुष्मा राजवंशी १३४, दलित सदस्यमा रञ्जित परियार १३९, जनजातिमा अनिलदेव राई १२४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला सदस्य तर्फ उत्तम नेपाल ११७, देवु वानिया १२२, पार्थ मण्डल १२४, विनोद सापकोटा १२७, रञ्जित प्रसाई ११७, रमेश तिवारी १२२, लक्ष्मी काफ्ले १२४, लीलाराज झापाली ११९ , सुशीला संग्रौला ११८ मत प्राप्त गर्दै निर्वाचित भए। त्यस्तै केन्द्रीय पार्षद र प्रदेश पार्षदको मत गणना जारी रहेको निर्वाचन समितिका सदस्य दीपन्द्र भट्टराईले जानकारी दिए ।