इलाम/इलाममा बालिका बलत्कारका घटना दिनदिनै बढ्न थालेको छ । पछिल्लो समयमा आत्महत्या,जबरजस्ती करणीका घटनाहरुसगैँ बालिका बलात्कारका घटना बढ्न थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका २९ मुद्धा दर्ता भएकोमा १५ जना बालिका रहेका छन् ।
त्यस्तै २०७३÷७४ मा जिल्ला प्रहरि कार्यलयमा आत्महत्याको गर्नेको संख्या ५५ रहेकोमा विस सेवन गर्नेको संख्या दुई रहेको छ । त्यस्तै पानीमा हाम फाली एक जनाले आत्महत्या गरेका छन् भने झुण्डिएर आत्महत्या गर्नेको संख्या ५२ रहेको छ । यस्तै बहुविवाहको चार वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरि कार्यलय इलामले जनाएको हो ।
जिल्ला प्रहरि कार्यालय इलामका प्रहरि नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बलात्कारका घटना हुनुमा भवितव्य भएकाले घटना कहिले कतिबेला हुन्छ कसैलाई जानकारी नहुने भएकाले अभिभावकले यसको रेखदेख गर्न जरुरी रहेको बताए । त्यस्तै बालिका बलात्कारका घटनालाई निर्मूल पार्न जनचेतना फैलाउनुपर्नेमा बताए ।
उनले भने “आपसी समझदारीमा पनि कतिपय घटना हुने गरेको भएतापनि तेस्रो व्यक्तिले थाहापश्चात मुद्धा दर्ता गर्ने गरेको छ ।” घटना घट्नुभन्दा अगाडि कुनै पक्षको जानकारी नहुनाले सचेत रहनुपर्नेमा जोड दिएका छन् ।