इटहरी/ पूर्वाञ्चलमा पहिलोपटक आयोजित ‘रमपम एरिना म्युजिक भिडियो अवार्ड–२०७३’ शुक्रबार इटहरीस्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्व र अतिथिको उपस्थितिमा एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट एलपी जोशीलाई सम्मान गरिएको थियो ।

एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा उत्कृष्ट छायाँकारको अवार्ड ‘नभेटी नभेटी’ गीतबाट हरि हुमागार्इंलाई प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्पmको पाँचजना प्रतिस्पर्धीलाई पछि पार्दै गायक रामकृष्ण ढकालले ‘धारिलो रहेछ माया’ गीतबाट अवार्ड जितेका छन् । उता उत्कृष्ट पपगायक महिलातर्पm भने प्राश्ना शाक्यले हासिल गरिन् भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोखरेलले जितेका छन् । यसैगरी बसन्त सापकोटाले उत्कृष्ट सङ्गीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहँदा नवगायकको अवार्ड रवि मल्लले हासिल गरेका छन् ।

यसैगरी टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अञ्जु गौतमले पूर्वेली लोकगीतबाट अवार्ड हासिल गरेकी छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आप्mनो पोल्टामा पार्न सफल भए भने महिला मोडलतर्पm सुप्रिय कटुवालले अवार्ड उचालेकी छन् । आधुनिक पप महिला गायनतर्पmको अवार्ड मिलन अमात्यले, पप गायकतर्पm विजय लामाले ‘रिन काटी रुमाल’ गीतबाट अवार्ड जितेका छन् । यसैगरी उत्कृष्ट म्युजिक भिडियोतर्पmको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरतबाबु केसीले हासिल गरेका छन् ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्कीले कार्यक्रम भव्य र सभ्यरुपमा सफल भएको घोषणा गरेका छन् । पूर्वाञ्चलमै पहिलोपटक एरिना म्युजिक भिडियो अवार्ड–२०७३ गर्न सफल भएको भन्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् ।