धरान/ निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) को नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सोमबारदेखि शुरु हुने १३ औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि टीकाराम पुरी र विजय सम्बाहाम्फे प्रतिस्पर्धामा ओर्लिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आइतबार पुरी समूहले उम्मेदवारी घोषणा गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा अध्यक्षमा पुरीसहित वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्यको उम्मेदवारी घोषणा गरिएको छ । सो अवसरमा अध्यक्षका प्रत्यासी पुरीले प्याब्सनलाई समृद्ध बनाउँदै नयाँ आयाम दिनका लागि आपूmले उम्मेदवारी दिएको बताए ।

यसैगरी, सम्बाहाम्फे समूहले आइतबार उम्मेदवारी घोषणा गरिसकेको छ । सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ र महासचिवमा राजेन्द्र बानियाँ छन् । प्याब्सनको दुई वर्षे नयाँ नेतृत्वका लागि सोमबारदेखि काठमाडौंमा महाधिवेशन हुँदैछ । महाधिवेशनमा देशभरिका १८ सय ५० प्रतिनिधि सहभागी हँुदैछन् । प्याब्सन निजी विद्यालयको छाता सङ्गठन हो ।