
बलिउडमा बोल्ड छवि बनाएकी अभिनेत्री कंगना रनावतले अचम्ममा पर्ने रहस्य खोलेकी छन्। ुटाइम्स अफ इन्डियाुसँग गरेको एक कुराकानीमा कंगनाले उनका सबै पूर्व प्रेमीहरू उनीसँग फर्किने कोशिशमा रहेको रहस्य खोलेकी हुन्।
कंकनाको नाम ऋतिक रोशन, आदित्य पञ्चोली, अजय देवगन, अध्ययन सुमन जस्ता अभिनेतासँग जोडिएको थियो।
कंगनाले भनिन्, ुजब म कुनै सम्बन्धमा हुन्छु, म त्यसमै पूर्णरूपमा डुब्छु। जब त्यो सकिन्छ, म त्यसलाई फर्केर हेर्दिन। म कहिल्यै कुनै पूर्व प्रेमीकोमा फर्किएको रेकर्ड छैन्, उनीहरूसँग कहिल्यै भेटेकी छैन्। तर यो रेकर्ड पनि छ कि मेरा सबै एक्सहरू फेरी मकहाँ आउन चाहन्थे।
कंगना अभिनित रंगुनु फिल्म रिलिजको क्रममा रहेको छ। फिल्ममा उनले शाहिद कपुर तथा सैफअलि खानसँग रोमान्स गरेकी छन्।