सुनसरीमा अमर खड्का चयन
धरान/ नेपाल पत्रकार महासंघ सुनसरीको शनिवार सम्पन्न अधिवेसनबाट अमर खड्का बिजयी भएका छन । खड्काले दुर्इ सय मतमा एक सय १८ मत प्राप्त गरे । उनका प्रतिदव्न्दी जनकत्रृषी चाम्लिङ रार्इले ८० मत मत प्राप्त गरेका छन भने २ मत बदर भएको छ ।
त्यस्तै उपाध्यक्षमा सन्तोष काफ्ले, समावेसीबाट शुभद्रा प्याकुरेल भारी मतले बिजयी भएका छन् । काफ्लेले ८९ मत प्राप्त गरे भने शुभद्राले १०७ मत प्राप्त गरी बिजयी भएका हुन् । सचिवमा हिमाल दहाल बिजयी भएका छन । उनले १०२ मत प्राप्त गरेका छन् । सहसचिवमा ध्रुव ढकाल १०२ मत प्राप्त गरी विजयी भए भने समावेसी सहसचिवमा दिनेश गजमेर ९४ मत ल्याएर बिजयी भए । कोषाध्यक्षमा गोविन्द बस्नेत चयन भएका छन उनले ९७ मत प्राप्त गरेकाछन् । त्यस्तै सदस्यहरूमा अजित झा, अर्जुन सुवेदी, चन्दन गुप्ता, धनकुमार रार्इ, बिशाल रार्इ, धिरेन लिम्बु , दलितबाट अनिता रसाइली, महिलाबाट सुमित्रा रार्इ र जनजातीबाट शुनिल चौधरी चयन भएका छन ।