ताप्लेजुङ / नेपाल पत्रकार महाँसंघ ताप्लेजुङ शाखाको अध्यक्षमा राजेन्द्र श्रेष्ठ बहुमतले निर्वाचित हुनुभएको छ । आज विहान सम्पन्न मतदानमा निकटतम प्रतिद्धन्दि आनन्द गौतमलाई भारी मत अन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचीत भएका हुन् ।
निर्वाचनमा विजयी श्रेष्ठले ३३ मत प्राप्त गर्नुभएको थियो भने गौतमले ३ मत मात्र प्राप्त गरेको निर्वाचन समिति सदस्य बलराम भट्टराईले बताए । मतदानमा ३६ मतदाताको उपस्थिति रहेको थियो । यसैगरी नयाँ कार्यसमितिको समाबेसी सहसचिवका लागि भएको निर्वाचनमा सुर्य प्रसाद लिम्बु (आलोक) लाई पराजित गर्दै दिनेश लिङ्खिम विजयी बनेकाछन् ।
मतपरीणाम अनुसार लिङ्खिमका ३५ मत रहेको थियो भने आलोकले कुनै पनि मत प्राप्त गर्नुभएको थिएन । यस्तै कोषाध्यक्षका लागि भएको चुनाबमा ३२ मत ल्याउँदै ईन्द्र बजगाई विजयी भएका छन् भने उनका प्रतिद्धन्दि निमा शेर्पाले तीन मत प्राप्त गरेकाछन् । यस्तै जनजाती सदस्यमा प्रकास लिम्बु, सदस्यहरुमा सजन पौडेल, संगिता कार्कि, साहारा लंवा र कमल प्रसाद विस्ट विजयी बनेकाछन् भने दुई उपाध्यक्षमा प्रयास लिम्बु र अमृता थलंङ निर्वीरोध निर्वाचित भएकाछन् ।
यस्तै सचिवमा रविन भट्टराई र सहसचिवमा केसव आचार्य निर्विरोध चयन भएकाछन्। गएराति अबेर सम्पन्न अबिधेसनमा प्रेश चौतारी र प्रेश सेन्टर संयुक्त प्यानल बनाएर चुनाबमा उत्रिएको थियो भने प्रेश युनियन सहित अन्य संगठन एक भएर चुनाबमा उत्रिएर उम्मेदवारी दर्ता गरे पनि सो संगठन चुनाबमा भाग नलिने भन्दै चुनावि स्थलबाट बहिस्कार गरेको भन्दै बाहिरेको थियो । अबिधेसनले कार्यसमिति सहित ८ प्रदेश पार्सद र पाँच केन्द्रिय पार्सद चयन गरेको छ ।