ताप्लेजुङ /  ताप्लेजुङका सञ्चारकर्मि मनमणि काफ्लेलाई यस वर्षको जयमती कर्णबहादुर पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । प्रेश चौतारी नेपाल ताप्लेजुङ शाखाले प्रत्येक वर्ष वितरण गर्ने १० हजार १ सय १ रुपैयाँ राशिको सो पुरस्कार यस वर्ष काफ्लेलाई प्रदान गरीएको हो ।

शनिबार विहान सदरमुकाममा आयोजित एक कार्यक्रमका विच सो पुरस्कार संसद भुपेन्द्र थेबे र पुरस्कारको लागि अक्षयकोष स्थापना गर्ने बलबहादुर तामाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उद्योग तथा वाणिज्य केन्द्रिय विभाग सदस्य साथै नेपाल उद्योग तथा व्यवसायि महाँसंघका सचिव समेत रहनुभएका तामाङले आफ्ना बुबा आमाको नाममा पुरस्कार वितरणका लागि प्रेश चौतारी नेपाल ताप्लेजुङ शाखामा २ लाखको अक्षय कोष खडा गरेका र सोहि अक्षय कोषबाट प्रत्येक वर्ष सक्रिय तथा पत्रकारीता क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने सञ्चारकर्मिलाई पुरस्कार वितरण गरीने चौतारीका अध्यक्ष कमल भट्टराईले बताए ।

गत वर्ष स्थापना गरीएको सो अक्षय कोषबाट यो वर्ष देखि पुरस्कार वितरण गर्न सुरु गरीएको आयोजकले बताएको छ । सो पुरस्कार वितरण कार्यक्रममा जिल्लामा प्रेश चौतारी स्थापना गर्न महत्व पुर्ण योगदा गर्ने पहिलो अध्यक्ष लिलाचक्र गुरुङ र पत्रकार महाँसंघका अध्यक्ष केसव भट्टराईलाई कदर पत्र सहित सम्मान समेत गरीएको छ । पुरस्कार वितरण कार्यक्रममा सांसद थेबे सहित सञ्चारकर्मिको सहभागिता रहेको थियो । यसैविच पुरस्कार प्राप्त गर्नुहुने सञ्चारकर्मि मनमणि काफ्लेले सोहि कार्यक्रममा आफुले पाएको पुरस्कार रकम ताप्लेजुङमा निर्माण भईरहेको बृद्धाश्रमको भवन निर्माणका लागि प्रदान गरेका थिए।

उनले सो रकमले निर्माण भईरहेको बृद्धाश्रम निर्माण गर्नमा थप टेवा पुग्ने भएकाले बृद्धाश्रमलाई दिने निर्णयमा पुगेको काफ्लेले बताए । आगामि वर्ष देखि थप पुरस्कार स्थापनाका लागि पर्यटन व्यवसायि ईश्वरी पौडेलले समेत २ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष खडा गर्ने बताए ।