काठमाडौं/ हाँस्य कलाकार जितु नेपालले कार्यक्रमहरुमा देखाइएको आफ्नो प्रस्तुति विनाअनुमति यूटुयुब च्यानलमा नराख्न फेरि पनि अनुरोध गरेका छन् ।

आफूले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश पीडा मात्रै नभएर यस्तो क्रम नरोकिने हो भने हाँस्यकलाकाहरुले यो क्षेत्र नै छाड्नु पर्ने अवस्था आउने पनि जितुले बताएका छन् । यो क्रम नरोकिए आफू प्रहरी समक्ष पुग्ने पनि उनले बताएका छन् ।

जितुले सामाजिक सञ्जालमा पोखेको आक्रोश आफ्नो दर्शक र भिडियो खिच्ने व्यक्तिहरुसँग नभएको भन्दै फेसबुकमा भनेका छन् ‘मेरो दर्शक र भिडियो खिच्ने व्यक्तिसँग दुःखेसो होइन तर विनाअनुमति यूट्युब च्यानलमा राख्ने व्यक्तिहरुसँग गुनासो हो ।’ पछिल्लो समय आफ्नो कार्यक्रमको सबै भिडियो बिनाअनुमति राख्ने अनि यो च्यानलको सामाग्रीहरु यदी कसैले सेर, डाउनलोड, कपी गरेमा कपीराईट नियम अनुसार कानुनी कार्वाही हुने छ भनेर राख्ने च्यानलहरु देखेर जितुलाई दिक्क लागेको छ । तर पनि यो कुराबाट जितु पटकपटक पीडित हुँदैआइरहेका छन् ।

यूट्युबमा नराख्नु भनेको होइन सोधेर राख्नुस भन्ने जितुको अनुरोध हो । यसो गरेमा आफूसंग भएको सामाग्रीहरु पनि निःशुल्क उपलब्ध गराउन तयार भएको बताएका छन् । जितुको सामाग्री जथाभावी अनुमति विना राख्दा आजकाल तनाबमा छन् उनी । सोच्दा सोच्दै बल्ल केही नयाँ कुरा सोचेर बनाइन्छ कार्यक्रम गर्दा गर्दे यूट्युबमा आए पछि कार्यक्रम गर्ने ठाँउमा नै दर्शकले यो त यूट्युबमा हेरिसक्यौँ भन्दा आफूलाई निकै नमज्जा लागेको दुःखेसो पनि पोखेका छन् ।

आफ्नो क्रियसन गरेको कुरा चोरी हुँदा कलाकारलाई यो भन्दा ठूलो पीडा अरु केही नभएको पनि जितुले बताए । आफू मात्रै होइन कुनै पनि कलाकारको सामाग्री अनुमतिबिना नराख्न उनले अनुरोध गरेका छन् । आफूले अबको केही समय पछि दर्शकहरुको लागि टेलिभिजन र यूट्युब च्यानल मार्फत मनोरञ्जनको कार्यक्रमहरु लिएर आउने तयारीमा रहेको पनि उनले बताएका छन् ।