इलाम/नेपाल प्रेस युनियन इलाम र सघिंय प्रेस फोरम इलामले संयुक्त विज्ञप्ति निकालेर बिहीबार बेलुका नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्यलयमा तालाबन्दी गरेका छन् । नेपाल पत्रकार महासंघ २०६० को चौथो सशोंधन २०७३ को धारा पाँचमा उल्लेखित सदस्यता प्राप्त गर्ने कार्यविधी केन्द्रिय कार्यलयले फाल्गुन पाँच सम्ममा समेत सदस्यताको सूची पठाउन नसकेका र आफूहरुले माग गर्दा समेत सूची नआएकोमा आपत्ति जनाउदैँ प्रेश युनियन इलाम र सघिंय प्रेश फोरमले संयुक्त रुपमा ताला लगाएका हुन् ।
केन्द्रियस्तरमा सहमति भएतापनि इलाम शाखामा आफूहरुको तयारी पूर्ण रुपमा नभएकाले अधिवेसन सार्नुपर्ने नेपाल प्रेश युनियन र सघिंय प्रेश फोरमले जनाएको छ । सात गते कुनै पनि हालतमा अधिवेशन गर्न नसकिने उनीहरुको जिकिर हेको छ । यता प्रेश चौतारी इलाम र प्रेश सेन्टरले भने सहमतिका साथ अधिवेशन जुनै हालतमा सात गते नै गर्नुपर्ने अडान लिदैँ आएका छन् । पत्रकार महासंघ इलाम शाखाको वार्ता भइरहेकाले सहमतिका साथ जुनै अवस्थामा समेत सात गते अधिवेशन गर्नेसंघका अध्यक्ष रोहित चन्द्र भट्टराईले बताए ।