पाँचथर/ जिल्लामा पहिलोपल्ट निर्माण सम्पन्न पछि झोलुङ्गे पुलको भार परिक्षण गरिएको छ । उत्तरीपूर्वी पाँचथरको सिदिन–१ र २ नम्बर वडालाई जोड्ने ओगेम्बाखोलामा निर्मित रसने झोलुङ्गे पुलको भार परिक्षण गरिएको हो । जिविस पाँचथरको आर्थिक सहयोग र सिरिजंगा ग्रमिण बिकास केन्द्र पाँचथरको सामाजिक तथा प्राबिधिक सहयोगमा उक्त पुल निर्माण भएको थियो । गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाई ७० मिटर रहेको छ ।
जिविसका इन्जिनियर प्रेम बहादुर काफ्ले, ट्राइल ब्रिज सपोर्ट ग्रुपका नरबहादुर सम्हाम्फे र भागवत यादब, नर्थ स्टार मितेरी नेपाल जे.भि. का यादब प्रसाद वाग्ले र सिरिजंगा ग्रामिण बिकास केन्द्रका प्राविधिक राम लिम्बूकोे टोलीले पुलको भार परिक्षण गरेको हो । झोलुङ्गे पुल निर्माण पश्चात डिजाइन अनुसार बने–नबनेको र सो पुलले डिजाइन अनुसारको भार धान्न सक्ने–नसक्ने कुराको निक्र्योल गर्न भार परिक्षण गरिन्छ । उक्त पुलको २८ हजार केजी बराबरको लोड हालि परिक्षण गरीएको थियो ।
परिक्षणको क्रममा सत् प्रतिशत भार धान्दै डिजाइन अनुसारको भार परिक्षणमा उक्त पुल सफल भएको परिक्षणमा संलग्न प्राविधिक टोलीले जनाएको छ । हालसम्म पाँचथरमा १ सय ४० झोलुङ्गे पुल बनेको केन्द्रका झोलुङ्गे पुल कार्यक्रम संयोजक दीपक बोहोराले बताए ।