आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
अहिले दोस्रो एल्बमको तयारीमा छु । कलेक्सन र सांगीतिक कार्यक्रममा व्यस्त छु ।
तपाई आफ्नो दिन कसरी बिताउनु हुन्छ ?
बिहान जाडोमा ७ बजे र गर्मीमा ५ बजे उठ्छु । फ्रेस हुन्छु, उठेर रियाज गर्छु केही समय, त्यसपछि खाना खाएर रेकर्डिङका लागि बाहिर निस्किन्छु, कहिले फर्किदा रातको ८ पनि बज्छ ।
कहिलेदेखि गाउन थाल्नु भयो ?
मैले ११ वर्षको उमेरबाट गाउन सुरु गरको हो, १२ वर्षको उमेरमा हिमालको काख भन्ने गीतबाट एल्बममा गाउन सुरु गरेकी हुँ ।
लभमा पर्नुभएको छ कि छैन ?
कन्फ्युजमा पार्नुभयो । पर्सनल कुराहरु मिडियामा ल्याउन चाहन्न पर्सनल कुरालाई गोप्य राख्न चाहन्छु ।
लभर र साथीमा तपाईंको पहिलो रेजाइ को हुन सक्छ ? सच्चा साथी जहिले पनि राम्रो हुन्छ, लभले जहिले पनि एटेन्सन खोज्ने भएकोले लभलाई समय बढी दिएको राम्रो जस्तो लाग्छ मलाई ।
लभ म्यारिज मन पर्छ कि एरेञ्ज म्यारिज मन पर्छ ?
मलाई मन पर्ने लभ म्यारिज नै हो । विहे अगाडि भन्दा विहेपछिको पियोर लभ परेको खुब मन पर्छ । अहिलेसम्म लभमा परेको छैन तर विश्वास गर्दैनन् कसैले।
अध्ययन कहँा पु¥याउनुभयो ?
पद्मकन्या क्याम्पसबाट स्नातक सकेको छु ।
गीतबाहेक अरु के मा रुचि छ ? मलाई घुम्न एकदम मन पर्छ । स्विजरल्याण्ड र पेरिस खुब मन परेको ठाउँ हो । त्यो मेरो पहिलो म्युजिकल टुरबाट पूरा भयो । नेपालमा चैं मलाई माउण्टेन एरिया चढ्न जान मन पर्छ तर ट्रान्स्पोटेसनको कमी छ यँहा के गर्ने ।
गीत गाउने समकालिनमध्ये को मन पर्छ ? त्यस्तो फेवरेट कोेही छैन, सबै मन पर्छ ।
तपाईलाई मन परेको गीत ? मलाई तारादेवीको सोचे जस्तो हुन्न जीवन र अरुणा लामाको चौतारीमा बसेर रुन पाउँ भन्ने गीतहरु एकदमै मन पर्छ । कुन प्याटर्नको गीत गाउन रुचाउनु हुन्छ ? सबै मन पर्छ । विशेष मलाई प्ले–ब्याक र पप प्याटर्नमा गीत गाउन मन लाग्छ । तपाईंको कुन गीतले सरप्राइज दियो ? तिमीले बाटो फे¥यौ भन्ने गीत मैले सोचेको थिइनँ यति हिट होला भनेर
मिल्ने साथी कोही छ ?
स्कुलदेखिको साथी उनको नाम जिया लामा हो ।
कुन ब्राण्ड मन पर्छ ?
जुत्ता अडिडासको मन पर्छ, मेकअपको लागि म्याक कम्पनी मन पर्छ, ग्याजेटमा मलाई स्यामसुङ मन पर्छ ।
आकर्षणमा पर्नुभएको छ कि छैन ? धेरैपटक परेकी छु ।