धरान /धरानमा शुक्रबार दिउसो निकै दर्दनाक सडक दुर्घटना भएको छ ।दुर्घटनामा परि वबु मगर गम्भिर घाईते भएका छन् । उनको दाहिने हातको कुम देखिको भाग नै चुडिएको वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको प्रहरी बिटका इन्चार्ज सई तिलक गिरीले जानकारी दिए ।
‘घाईतेको निकै गम्भिर अबस्थामा उपचार भईरहेको छ’गिरीले भने ।को १ ख २७६१ नम्मरको बसले मगरलाई झण्डै १ सय ५० मिटर सडकमा घिसारेको दुर्घटना स्थलका प्रतक्ष्यदर्शीले बताएका छन् ।
दुर्घटनापछि अाक्राेशीत स्थानियले धरान इटहरी सडक खण्ड अबरुद्ध भएको छ । दुर्घटनाको बिषयमा अनुसन्धान भईरहेको र बन्द खुलाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।