दिल्ली– भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा अनौठो समाचार प्रकाशित भएको छ ।समाचारका अनुसार उत्तर प्रदेश प्रहरीको भनाई अनुसार त्यहाँ युवतीहरुको मोवाइल नम्वर खुलेआम बिक्री भैरहेको छ ।मोवाइल फोन रिचार्ज गर्ने पसलबाट युवतीहरुको मोवाइल नम्वर विक्री हुने गरेको छ ।
दावी गरिएको छ कि युवतीको उमेर र सुन्दरता हेरेर उनको नम्वरको दाम लगाइन्छ ।किन्नेहरुले यी नम्वरको प्रयोग युवतीलाई जिस्काउनका लागि गर्दछन् ।पत्रिकाका अनुसार महिला प्रहरी हेल्पलाइन १०९० मा आएको उजुरीपछि यस्तो गिरोहको पर्दाफाश भएको हो ।
रिचार्ज गर्ने पसलेले राम्री युवतीको नम्बर ५ सय रुपैयाँमा र ठीकठाक देख्ने युवतीको नम्बर ५० रुपैयाँमा बिक्री गर्ने गरेको उल्लेख छ ।पत्रिकाका अनुसार महिला हेल्पलाइनमा १५ नोभेम्वर २०१२ देखि ३१ डिसेम्बर २०१६का बीच कुल ६ लाख ६१ हजार १ सय २९ उजुरी दर्ता गराइएको छ ।यसमा ५ लाख ८२ हजार ८ सय ५४ उजुरी टेलिफोनमा जिस्काउनेका विषयमा थिए ।