भद्रपुर/ भारतको सिलिगुडीमा अलपत्र परेकी एक बालिकाको उद्धार गरिएको छ । भद्रपुरको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुर–५ स्थित नयाँबजारकी १४ वर्षीया सलिया खातुनलाई उद्धार गरेको हो । बालिका सलियालाई बिहीबार वडा प्रहरी कार्यालयको रोहवरमा उनका बुबा समसुल अन्सारीलाई जिम्मा लगाइएको साना हातका कर्मचारी अनिल लिम्बूले जानकारी दिए । गत माघ २५ गते घरमा झगडा गरी भारत गएकी सलिया रेल चढेर बागडोगरा पुगेकी थिइन् ।
त्यहाँ बाटो बिर्सिएर अलपत्र परेपछि भारतीय प्रहरीले उनलाई उद्धार गरी सिलिगुडीको सिनी बालगृहलाई जिम्मा लगाएको थियो । सोही बालगृहका कर्मचारीसँग सहकार्य गरी भारतमा रहेको साना हात संस्थाको सहयोगमा उनलाई उद्धार गरी नेपाल फर्काइएको लिम्बूले बताए । भारतको जलपाइगुडीस्थित कोरक बालगृहमा आधा दर्जन नेपाली बालबालिका अभैm पनि उद्धारको पखाइमा रहेको समाचार यसअघि ब्लाष्टमा प्रकाशित भइसकेको छ ।