काठमाडौँ/ हट एण्ड सेक्सी मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकीनायिका तिर्सना बुढाथोकी चलचित्रपहिलो मान्छेमार्फत प्रमुख नायिकाको रुपमा डेब्यु गर्दैछिन।
हुनत उनले अभिनय गरेको यो चौथो चलचित्र हो तर प्रमुख पात्रको रुपमा प्रमुखनायिकाको रुपमा अभिनय गरेको भने उनको यो पहिलो चलचित्र हुनेछ । पछिल्लो समय हटएण्ड सेक्सी भनेर चिनिन भन्दा पनि एक राम्रो सफल मोडल नायिका तथा गायिका भएर राम्रोछबि बनाउदै अघि बढ्दै गरेकी नायिका तिर्सना बुढाथोकी निकै नै ब्यस्त बन्दै गएकी छिन ।
नेपालमा दिन प्रतिदिन नेपाली चलचित्र निर्माणको क्रम बढ्दै गएको छ धेरै नेपाली चलचित्रब्यबसायिक रुपमा सफल पनि बन्दै गएका छन l पछिल्लो समयमा नेपाली चलचित्रहरुलेदर्शकहरुलाई चलचित्र हलमा अत्याधिक रुपमा तान्न सफल भएका पनि छन् । यसर्थमा  नेपाली चलचित्र उधोग दिन दिनानु दिन पनि फस्टाई रहेको छ भन्दा फरक नपर्ला । अहिलेकी चर्चित र व्यस्त रहेकी मोडल तथा नायीका  तिर्सना बुढाथोकीलाई लिएर चलचित्र”पहिलो मान्छेको शुटिंग अहिले धमाधम भईरहेको छ।
चलचित्र “पहिलो मान्छे”मा नायिकातिर्सना बुढाथोकीलाइ दोहोरो भुमिकामा देख्न सकिने भएको छ। “पहिलो मान्छे” चलचित्रको कथा तथा स्क्रिप राईटर रिकुराज पाख्रिनको रहेको भने निर्देशकदिपक लामाले गर्दै आएका छन । यस चलचित्रको निर्मातामा सुदन धिताल रहनु भएको । तिर्सना बुढाथोकी नायीका र नायक सुशील क्षेत्रि मिथुन हमालको मुख्य भुमिका रहने यसचलचित्रमा नव कलाकार बब श्रेष्ठ पनि रहने छन्
पुर्ण मायाँ, प्रेम र एक्सनमा आधारितरहने यस चलचित्रमा एक धनि बाउको छोरीले एउटा गरिब परिवारको केटालाई मन पराए पछि चलचित्रले अर्कै रुप लिन्छ । पुर्ण ब्यबसायिक चलचित्र “पहिलो मान्छे”को सुटिंग धमाधम हुदै गरेको र काम पनि राम्रो हुदैगएको कुरा नायिका तिर्सना बुढाथोकी बताउछिन l यस चलचित्र दशैं भन्दा अगाडिनैसार्वजनिक गरिने निर्माण पक्षले जानकारी गराएको छ ।