
रिपोर्टर्स क्लब नेपाल नवलपरासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट गरे । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
रासस