Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन्छ – परराष्ट्रमन्त्री महत

कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन्छ – परराष्ट्रमन्त्री महत

alt
  • माघ २८, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताएका छन् ।

नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजद्वारा आज यहाँ आयोजित “रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण” विषयक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “धेरै लामो समयदेखि नेपालमा छिमेकीसँगको सम्बन्ध सत्ता र पार्टीगत राजनीतिक परिपूरण गर्ने हतियारका रुपमा हामीले प्रयोग गरिरहेका छौँ, सडकमा प्रयोग भइरहेका यस्ता कुराले राष्ट्रियतालाई बलियो बनाएको छैन बरु शङ्का उत्पन्न गरेको छ” – उनले भने। मन्त्री महतले भने “कूटनीतिलाई अत्यन्त बुद्धिमतापूर्वक प्रयोग गर्न सकियो भने सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्दछाँै, कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन सक्दछ ।” कूटनीतिक माध्यमबाट आफ्नो स्वार्थ, हित र अधिकारलाई जोडदार ढङ्गबाट राखेर राष्ट्रिय सुरक्षा सुदृढ र सुनिश्चित भई लक्ष्य पूरा गर्न सकिने बताउँदै उनले भने – “यो बाटोबाट नै जाँदा बुँदागत, तथ्यगत, तथ्याङ्क र तर्कसङ्गत रुपमा हामी छिमेकीलाई मनाउन सक्दछौँ । मन्त्री महतले नेपालले भारत र चीनको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरिरहेको बताउँदै “नेपालको भारतसँगको सम्बन्ध चीनसँगको सट्टा होइन, चीनसँगको सम्बन्ध भारतसँगको सट्टा होइन, दुवैसँगको सम्बन्ध विश्वासमा आधारित सम्बन्ध साथसाथै लैजान जरुरी छ, तुलना गर्न आवश्यक छैन भने।” चीन र भारतसँगको सम्बन्धका आ–आफ्नै विशेषता छन, दुवै मुलुकसँग राम्रो सम्बन्ध राख्नुपर्दछ भन्दै उनले दुवै देशसँग सम्बन्ध सुदृढ गरेर लैजाने नेपालको प्रयासको सकारात्मक परिणाम आइरहेको उल्लेख गरे। मन्त्री महतले नेपालको भौगोलिक र जातीय विविधताबीचको एकताले पनि राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा ठूलो योगदान दिइरहेको बताउँदै हामीले कूटनीतिलाई देशको सुरक्षा, राष्ट्रिय स्वार्थ र प्रवद्र्धनको आधार बनाउनुपर्दछ भने । नेपाललाई समृद्ध र नेपालीलाई स्वाभिमानी बनाउन सुरक्षा र कूटनीतिलाई परिपूर्ण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले देशको स्वतन्त्रता र स्वाधीनतालाई बलियो बनाउन रक्षा र सुरक्षाबीच तादम्यता मिलाएर काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि कूटनीति र सुरक्षा नै मुख्य खम्बा हुन् भने।

कलेजका निर्देशक देवेन्द्रबहादुर मेधासीले सैनिक कौशलसँग सम्बन्धित विषयमा स्नातकोत्तर तहसम्मको पढाइ हुने कलेजमा हाल विदेशी सातसहित ५४ जना अध्ययनरत भएको जानकारी दिए। गोष्ठीमा रक्षा, परराष्ट्र, गृहमन्त्रालयका उच्च अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका बहालवाला तथा भूतपूर्व उच्चपदस्थ अधिकृतको सहभागिता छ । नेपालको कूटनीति क्षेत्रमा ख्याति कमाउनुभएका पूर्व परराष्ट्र सचिव र पूर्वराजदूतले प्रतिरक्षा र कूटनीतिक विषयमा दिनुहुने सुझावले मुलुकलाई त्यस क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने विश्वास लिइएको छ ।

रासस

सम्बन्धित समाचार
राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व

धरान । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले वर्चश्व कायम गरेको ...

मन्त्रीको तीन महिने प्रगति विवरणः स्वास्थ्य बिमामा समस्यै समस्या

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य ब ...

सियोन ट्यालेन्ट हन्टमा सृष्टि र लासेमी च्याम्पियन

धरान । सुनसरीको धरान–१६ स्थित सियोन स्कुलमा जुनियर र सिनियर समूहमा गायन र न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
राष्ट्रिय सभामा गठबन्धनको वर्चश्व
मन्त्रीको तीन महिने प्रगति विवरणः स्वास्थ्य बिमामा समस्यै समस्या
सियोन ट्यालेन्ट हन्टमा सृष्टि र लासेमी च्याम्पियन
स्वास्थ्य बिमा रोकिनु हुँदैन
आजको राशिफलः २०८२ साल माघ १२ गते सोमबार
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल
धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती
सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन
पूर्वमा बालेन क्रेज
आजको राशिफलः २०८२ साल माघ ११ गते आइतबार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved