झापा / अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको अनारमनी इलाका प्रहरी कायाृल्यले बुधबार साँझ पाँचजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा झापाको शनिअर्जुन नगरपालिका–९ स्थित ताप्लेजुङ मनकामना होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक भारतीय नागरिकसहित २ पुरुष र ३ महिलालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएका छ ।