पथरी/पथरी मोरङको बयरवन –९ स्थीत शुक्रबारेमा स्वस्थानी ब्रतको सांङगे कार्यक्रममा दुई समूह विच झगडा हुदा ३ जना गम्भिर घाइते भएका छन् ।सोमबार विहान ३ बजे शुक्रबारेको मेनुका राईको घरमा कार्यक्रम भइरहदा शुक्रबारे र विहिबारेका समूह विच झगडा हुदा बयरवन ८ स्थीत विहिबारेका २५ बर्षिय सन्त बहादुर राई, १७ बर्षिय विजय राई र २४ बर्षिय रविन राई घाइते भएका हुन् ।

घाइते मध्ये सन्त र विजय भने दाजुभाई हन् । उनिहरुको पथरी हस्पिटलमा उपचार भैरहेको उनका बाबु पञ्चबहादुर राईले बताए । झगडामा रविन राईको हातमा काटिएको चोट रहेको छ, सन्तबहादुरको टाउँको पछाडी गहिरो काटिएको र विजयको कानको छेउको ठाउँकोमा काटिएको पञ्चबहादुर राईले बताए । सन्त र विजय राईलाई विराटनगर स्थीत आनन्द हस्पिटलमा सिटि स्क्यान गरेर पथरी हस्पिटल ल्याएको र उनिहरुको स्थीति खतरा मुक्त रहेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए ।

मादक पदार्थ खाएर उनिहरु सामान्य विवादको झगडामा भाटा र चिरपटले कुटेकोे बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।समूह बनाएकर कुटपिट गर्ने ४ जनालाई बयरवन प्रहरी चौकीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न बयरवन ८,का विशाल गुरुङ,विजय घले, अश्विन राई र टिका गुरुङ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई एक एक जना गरेर बयरवनको विभिन्न स्थानबाट सोमबार नै पक्राउ गरेको बयरवन प्रहरी चौकीका असई केशीलाल राजधामीले बताए ।

अझै ३ जना फरार रहेको बुझिएको छ । उनिहरुलाई पक्राउ गर्न खोजि कार्य भई रहेको उनले बताए । पक्राउ परेका समूहले दाजुभाई सवार गरेर आएको को १४ प ४८१४ नम्बरको एबजेट मोटरसाइकल पनि तोडफोड गरेका छन् । तोडफोडले गर्दा मोटरसाइकलको इन्जिन लगाएतमा क्षति भएकोले काम नै नलाग्ने अवस्थाको भएको असई राजधामीले बताए ।

पक्राउ परेकालाई कानुनी कारवाही गरिने इलाका प्रहरी कार्यालयको इस्पेक्टर राजन कार्कीले बताए । उता पिडितका बाबु पञ्चबहादुरले मंगलबार उनिहरुलाई ज्यान मुद्दा लगाउने उनले बताए ।