ताप्लेजुङ/ताप्लेजुङको लिङखिम बाट दुई थान भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लिङलिम २ स्थित तावा जंगलबाट सोमबार भरुवा बन्दुकसहित सोहि गाविसका ३२ बर्षिय राजबहादुर लिम्बु प्रहरिले पक्राउ गरेको हो ।

लिम्बुलाई प्रहरी चौकी शिवाबाट खटिएको गस्ती टोलीले सोमबार विहान ५ बजे भरुवा बन्दुक बोकेर जंगलमा हिडि रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । बरामद बन्दुक ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसिले बताए ।