पानवारी/विभिन्न स्थानमा चोरी गरेको आरोपमा १३ जना बालबालिका पक्राउ परेकाछन् । धरान–२३ स्थित पानवारी प्रहरी चौकीले शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।

धरान–२३ पानवारीका विभिन्न किराना पसलमा बेला–बेलामा चोरी गरेको उजुरी परेपछि चोरहरुको खोजी गर्दै जादा १३ जना बालबालिका पक्राउ गरेको प्रहरी सहायक निरिक्षक दिलबहादुर थापाले जानकारी दिए । गत बुधबार रणदेवी प्राविमा सरस्वती पूजा गरी चढाएको भेटी तथा प्रसाद उक्त १३ जनाको समुहले ढोका फोरेर चोरी गरेपछि उनीहरुको बदमासी प्रहरीले समात्न सफल भएको थियो । पक्राउ परेका १३ जना बालबालिका सबै १३ देखि १६ वर्ष उमेरका रहेको प्रहरीले बताएको छ । उनीहरुलाई शनिबार बेलुका अभिभावक बोलाएर जिम्मा लगाएको छ ।