धरान/धरानमा डिजिटलाइज्ड प्रविधिको सुविधा सम्पन्न जीम हल खुलेको छ । धरान–१८ स्थित बुद्धचोकमा एनिटाइम फिटनेस धरान’ नामक जीम हल शुक्रबारदेखि सुरु भएको छ । [caption id="attachment_27894" align="alignnone" width="1024"]
तस्बिरः विकास चाम्लिङ[/caption] फिटनेसका प्रोपाइटर मध्येका विजय सुब्बाले जिम हल उद्घाटन गरे । २ करोड २० लाख रुपैयाको लागतमा खुलेको अत्याधुनिक फिटनेसमा एकपटकमा २ सय बढीले जिममा आएर आफ्नो सेवा लिन सक्ने छन् । गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक जिम हल सञ्चालनमा ल्याएको अर्का प्रोपाइटर एवं ट्रेनर उत्तम खत्रीले बताए । युवादेखि वृद्धसम्मले सेवा लिन सक्ने फिटनेसमा धरानको अन्य जिम हलमा नभएको स्टिम बाथको समेत सुविधा रहेको छ । स्टिम वाथमा एकपटकमा पाँचजनाले सेवा लिन सक्ने छन् । यसमा महिलाहरुको लागि पनि विशेष सेवा रहेको छ ।