भराैल / सुनसरीको भरौल-३ नडाहा देबिथान टोल निवासी ५८ बर्षिय बल बहादुर राईको आर्थिक स्थिति कमजाेर भएकाे र परिवार नै शारिरिक रूपमा पिन  असक्त भएकाे समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण, प्रकाशन भएकाे थियाे ।

उक्त समाचार प्रकाशन प्रसारण भएपिछ ईटहरीका आशिस राई र माया राईले  व्यक्तिगत तर्फबाट रु ५ हजार उनको घरमै पुगेर सहयोग गरेका थिए । धरान निवासी मन्जु राई र पार्बती राईले पनि केही लत्ता कपडाका साथै खाद्य सामग्री सहयोग गरेका थिए । त्यसै गरी दमक लखनपुर १ पाडाजुगी झापा हाल जापान बस्दै आएका नवीन कार्कीले बुबा आमाको नाम बाट १० हजार नगद  र केही लत्ताकपडा हस्तान्तरण गरे । किरात राई यायाेक्खा भराैलकाे समन्वयमा भराैल-५ सुनसरी घर भइ हाल स्थायी रुपमा काठमान्डाै सिनामंगल निवासी भैरब कुमार राईले पनि भराैल-३ देविथान टाेलका अपाङ्ग परिवार कि छाेरी राेजिना राईलाई १ थान सिलाइ मेसिन र तालिम खर्च स्वरुप २० हजार सहयाेग गरेका थिए ।

साथै बिदेशबाट पनि सहयोग संकलन गरिएको थियो दिपक पुरीले मलेसियामा कार्यरत नेपालीहरुसंग ४० हजार ५ सय ३० रूपैया उठाएका थिए  त्यस्तै कतारबाट पनि शंकर पुरीले पनि आफ्नो साथीसंग संकलन गरि २२ हजार ५ सय १० रुपैया पठाएका छन्र । साथै गणेश कार्की र अर्जुन कार्कीले पनि गाउँका साथीहरुसंग रकम संकलन पठाउने निर्णय गरेकाे जानकारी दिएकाछन् । संकलित रकम शुक्रबार विभिन्न राजनीति दल, समाजसेवी, पत्रकार लगायतको उपस्थितिमा परिवारलाइ हस्तान्तरण गरिएको थियो र उक्त रकम ७३ हजार ५ सय ४० रुपैयाँ हालैको टेकाने कुन्ज कृषि सहकारी संस्थामा खाता खोली जम्मा गरिने भएको छ ।