इटहरी/ विगत एक दशक देखि तरहरा क्षेत्रलाई कार्यथलो बनाई पत्रकारीता गदै आएका ब्लाष्टकर्मी धनबहादुर पुरी सम्मानीत भएका छन । तरहरा जेसिसले आयोजना गरेको १९ औ पदस्थापना कार्यक्रममा ब्लाष्टकर्मी पुरीलाई पत्रकारीता क्षेत्रमा पुप्याएको योगदानको कदर गदै पुरीलाई सम्मान गरेको हो । निश्पक्ष र साहसपूर्ण पत्रकारीता गरीरहेको भन्दै पुरीलाई सम्मान पत्र र दोसल्ला ओडाएर पूर्व सुचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजाल र तरहरा जेसिस वर्ष २०१६ का अध्यक्ष भिम गिरीले सम्मान गरेका हुन ।