विजयपुर/बिहिबार दिउसो धरानको गिता मन्दिर देखि छाताचौक सम्मको क्षेत्र‘कैची’हानेर सर्बसाधरणलाई घाईते बनाउने युवाको सामान्य पहिचान खुलेको छ ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले ‘कैची’हान्दै हिड्ने युवा भोजपुरका रतन नाम गरेका युवा भएको बताएका छन् । पक्राउ परेका युवाले अहिले सम्म आफ्नो नाम रतन भएको तर थर भने फरक फरक भन्ने गरेको बताए ।
घर भोजपुर बताएका छन् तर कुन ठाउ हो भन्ने खुलाएका छैनन डिएसपी खतिवडाले भने‘बिहिबार दिउसो पक्राउ परेका ति युवाले शुक्रबार बिहान केहि बेर बोलेर बोल्न छाडेको बताए ।डिएसपी खतिवडाका अनुसार पक्राउ परेका युवाले आफुलाई भानुचौकको टेम्पो स्टेनमा एक जना टेम्पो चालकले तिन दिन देखि काम गर्न राखेको बताएका छन् ।‘
बिहिबार दिउसो बाटोमा हिड्दा हिड्दै आफुले खानेकुरा (के खाएको भनेर नखुलेको) खाएपछि आफुले के गरे भन्ने थाहा नभएको ति युवाले बताएका छन्’ खतिवडाले जानकारी दिए । ती युवाका बारेमा थप अनुसन्धान भईरहेको बताउदै उनले नाम लिएका ब्यक्तिहरुको खोजी भईरहेको डिएसपी खतिवडाले जनाए ।बिहिबार दिउसो धरानको गीता मन्दिर लाईन देखि छाताचौक सम्मको क्षेत्रमा ती युवाले कैची हानेर सात जनालाई घाईते बनाएका थिए । उनलाई स्थानियले पक्राउ गरि प्रहरीमा बुझाएका थिए । घाईतेहरु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । यस बिषयकाे अघिल्लाे समाचार –धरानको व्यस्त बजारमा कैची आतंक,सात घाईते