इटहरी/इटहरी–५ मा रहेको पचरुखी मनि टान्सफरमा आज (शुक्रबार) झण्डै चार लाख रुपैयाँ लुटपाट भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीका अनुसार दिउँसो साडे १ बजेतिर मनी ट्रान्सफरको कार्यालयबाटै सो रकम लुटिएको हो ।

एक समुहले त्यहाँको कर्मचारीलाई नियन्त्रणामा लिएर रकम लुटेको बताइएको छ ।हतियार सहित आएका व्यक्तीले मनी ट्रान्सफरमा गएर पैसा निकाल्ने बहानामा कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लुटपाट गर्ने समुह बुलेट मोटरसाईकलमा आएको र लुटपाट पछि उत्तर तिर गएको बताइएको छ । सो समयमा मनि टान्सफरका कर्मचारी गणेश कार्की,सीता कार्की र सविता कार्की रहेका थिए ।

लुटेरा कार्यलयको च्यानल गेटमा बाहिरबाट ताला लगाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यता, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीले लुटेरा समुहको पहिचान भइसकेको जानकारी दिदै खोजी कार्य जारी रहेको बताए ।