पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाहले नागरिकता लिएकी छिन् । काठमाडौँको जिल्ला प्रशासन कार्यालय आफै पुगेर उनले नागरिकता लिएकी हुन् । तर, नागरिकता लिन आमा हिमानी शाह मात्रै सँगै पुगेकी थिइन् । बुवा पारस शाह भने देखिएनन् । काठमाडौँमा रहेका पारस शाह केही दिनअघि अस्वस्थ भएर अस्पताल समेत भर्ना भएका थिए । पूर्णिकाले नागरिकता लिएको तस्विर पोष्ट गर्दै विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा पत्रकार किशोर श्रेष्ठ लेख्छन्, बाबु पारशलाई वास्ता नभएर के ? पूर्व युवराज्ञी हिमानीले आज सिडिओ कार्यालय,काठमाण्डौमा आफै उपस्थित भएर १६ बर्ष टेकेकी छोरी पूर्णिकालाई नागरिकता दिलाएकी छन् । अब यदि चुनाव हुने भयो भने यी नानीले पनि ढिलो-चाँडो (आम चुनावसम्ममा किनकि त्यो हुन अरु २ बर्ष लाग्न सक्छ) आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछिन् । यो हो नि नारी सबलिकरणको नमूना !