काठमाडौँ/ सभामुख ओनसरी घर्तीसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको सभामुख घर्तीले जानकारी दिए ।
सभामुख घर्तीले नेपाल र बेलायतबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको बताए ।” बेलायत नेपालको सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध राख्ने र भरपर्दाे मुलुक हो । नेपालको विकासमा ठूलो योगदान पुप्याउँदै आएको बेलायतसँगको सम्बन्ध संयुक्त राष्ट्रको बडापत्र र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको छ ।
-रासस