भद्रपुर/सेवाग्राहीलाई मध्यनजर गर्दै नापी कार्यालय झापाले शुक्रवारवाट अडियो नागरिक बडापत्रवाट सेवा सुरु गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले सेवाको उद्घाटन गरेका छन् । सेवामा राजवंशी र नेपाली भाषावाट कार्यालयवाट हुने सम्पुर्ण जानकारी पाउने गरी दुइओट ध्वनी प्रविधीले आउने सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी पाउने भएका छन् ।

बडा पत्रमा लेखिएको कुरा सेवाग्राहीले नबुझ्ने र बिचौलियावाट ठगिने भएकोले यो सेवाले गुनासाको समाधान हुने प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीको भनाई छ । कार्यालयमा आउने सेवाग्राहीले अवदेखि आफ्नो कामको बारेमा ध्वनीको माध्यामवाट स्पष्ट हुने आसा राखिएको उनले बताए ।प्रविधीको उद्घाटन गर्नु भन्दा अघि कार्यालयको निरीक्षण गदैै प्रजिअ खत्रीले कार्यालयको व्यवस्थापन फोहोरी भएकोमा असन्तुष्टि पोखेका थिए ।

कार्यकक्षमा जताततै फायल , नक्सा ,कार्यालयका महत्वपुर्ण कागजपत्र मिलाएर नराखेको पाइएपछि प्रमुख नापी अधिकृत भण्डारीलाई व्यवस्थापन सुर्धान निर्देशन दिएका थिए । प्रविधीको उद्घाटन पश्चात कार्यालय कर्मचारीलाई हामीले सुनको भात नभई चामल खाने भएकोले गलत कार्यवाट कमाएको रकमले आफ्ना सन्तानलाई पिरोलने भएकोले कार्यालयको काम सेवाग्राहीलाई सन्तुष्ट हुने गरी गर्न गराउन निर्देशन दिएका छन् । कर्मचारीको आचरणले सिडिओको शिर निउरिने कार्य गरेमा कारवाही गरी जागिर जाने बताए । कुनै कर्मचारीको गुनासो आएमा आफुले नछाड्ने बताए । सोर्स फोर्सवाट दु ःख दिएमा तत्काल मलाई खबर गर्न समेत उनले जानकारी गराएका छन् ।