४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो ।
इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए ।
ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको आरोपमा उनलाई अदालतले जेल सजाय तोकेको हो ।ओझाले नाबालिकाहरुको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो ।