पथरी (मोरङ)/ समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ ।

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो ।

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उनको भनाइ छ ।

-रासस