विजयपुर/आन्तरिक राजश्व कार्यालय धरानले चालु आर्थिक बर्षको पौस महिना सम्ममा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ ।कोशी अञ्चलका मोरङ बाहेकका जिल्लाहरुमा राजश्व संकलन गर्दै आएको धरान स्थित कार्यालयले चालु आर्थिक बर्षको पौस मसान्त सम्ममा तोकिएको लक्ष्य भन्दा १ सय १३ प्रतिसत बढिले राजश्व संकलन गरेको छ ।
धरान स्थित राजश्व कार्यालयलाई चालु आर्थिक बर्षको पौस मसान्त सम्ममा १ अर्ब १९ करोड ९१ लाख ८० हजार रुपैया राजश्व उठाउने लक्ष्य तोकिएको थियो । तर चालु आर्थिक बर्षको पौस मासान्त सम्ममा तोकिएको लक्ष्यभन्दा १ सय १३ प्रतिसत बढि अर्थात १ अर्ब ३६ करोड २१ लख ६२ हजार रुपैया राजश्व असुली भएको आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय धरानले चालु आर्थिक बर्षको पौष महिनामा मात्र लक्ष्य भन्दा १ सय ६ दशमलब ६६ प्रतिसत राजश्व संकलन गरेको छ ।
पौष महिनामा मात्र आराका धरानलाई ३६ करोड ६७ लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर राजश्व संकलन लक्ष्यभन्दा २ करोड ४४ लाख २७ हजार बढि अर्थात ३९ करोड ११ लाख ५५ हजार रुपैया संकलन भएको कार्यालयको आंकडामा उल्लेख छ ।यो गत आर्थिक बर्षको भन्दा पौष मसान्त सम्म संकलन भएको राजश्वको १ सय २६ दशमलब ६४ प्रतिसतले बृद्धि भएको हो ।चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा आराका धरानलाई आय करमा मात्र २३ करोड ३४ लाख ९६ हजार लक्ष्य निर्धारण गरिएको थियो ।
तर आय करमा मात्र लक्ष्य भन्दा १ सय २ दशमलब शुन्य ४ प्रतिसत बढि अर्थात २३ करोड ८२ लाख ५६ हजार रुपैया राजश्व संकलन भएको छ । घर बहाल करमा ७६ लाख ९१ ह्जार लक्ष्य निर्घारण गरिएकोमा लक्ष्य भन्दा १ सय ३ दशमलब शुन्य ४ प्रतिसत अर्थात ७९ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।ब्याजकरमा २७ लाख ७२ हजार लक्ष्य कायम गरिएकोमा ३३ लाख ९० हजार राजश्व संकलन भएको छ । यो लक्ष्य भन्दा १ सय २२ दशमलब ३१ प्रतिसतले बढि हो । ७ करोड १३ लाख ६३ हजार हजार लक्ष्य निर्धारण गरिएको मुल्य अभिबृद्धि(भ्याट)करमा ७५ दशमलब ८० प्रतिसत मात्र अर्थात ५ करोड ४०लाख ९७ हजार मात्र राजश्व संकलन भएको छ । मुल्य अभिबृद्धी करमा भने लक्ष्य अनुसार राजश्व संकलन नभएको आराकाको आँकडामा देखिन्छ ।
५ करोड १६ हजार लक्ष्य निर्धारण गरिएको अन्तःशुल्क करमा लक्ष्य भन्दा १ सय ७९ दशमलब २७ प्रतिसत बढि अर्थात ८ करोड ४६ लाख ६४ हजार राजश्व संकलन भएको छ ।स्वास्थ्य सेवा शुल्कमा चालु आर्थिक बर्षको पौस महिनामा मात्र सबैभन्दा बढि अर्थात लक्ष्य भन्दा २ सय ७४ दशमलब ९१ प्रतिसत राजश्व संकलन भएको छ ।३ लाख ७ हजार लक्ष्य निर्धारण गरिएको स्वास्थ्य सेवा शुल्कमा ८ लाख ४४ हजार राजश्व संकलन भएको छ । १० लाख ८३ हजार लक्ष्य निर्धारण गरिएको शिक्षा सेवा शुल्कमा पनि १९ लाख ७९ हजार राजश्व संकलन भएको छ । यो लक्ष्य भन्दा १ सय ८२ दशमलब ७३ प्रतिसतले बढि हो ।आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख धर्मेन्द्रकुमार मिश्रका अनुसार चालु आर्थिक बर्षमा आराका धरानलाई २ अर्ब ६१ करोड ९९ लाख ५६ हजारको राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको छ ।
गत आर्थिक बर्षमा २ अर्ब १८ करोड ६७ लाख ३ हजार लक्ष्य निर्धारण गरिएको आराका धरानले लक्ष्य भन्दा १ सय ७ प्रतिसत अर्थात २ अर्ब ३४ करोड ७ लाख ११ हजार राजश्व संकलन भएको थियो । चालु आर्थिक बर्षमापनि राजश्व संकलनलाई लक्ष्य सम्म पु¥याउने उदेश्य लिइएको प्रमुख मिश्रले जानकारी दिए । अहिले कोशी अञ्चलका मोरङ बाहेकका जिल्लाहरु धनकुटा,तेह्थुम,भोजपुर,संखुवासभा र सुनसरीमा आन्तरिक राजश्व कार्यालय धरानले राजश्व संकलनका गर्दै आएको छ ।
राजश्व संकलनका लागि धरान बाहेक इटहरी र धनकुटामा करदाता सेवा कार्यालय स्थापना गरि कर संकलन गर्ने गरिएको छ भने भोजपुर,तेह्थुम र संखुवासभामा कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत राजश्व संकलन गरिदै आएको आराका धरानका प्रमुख मिश्रले जानकारी दिए ।राजश्व संकलनको लक्ष्य प्रत्येक आर्थिक बर्षमा बृद्धि हुदै आएपनि ब्यापारीहरुमा बढ्दै गएको कर सम्बन्धि सचेतना र दाइत्व बोधका कारण लक्ष्य भन्दा बढि राजश्व संकलन भईरहेको उनको भनाई छ ।कर असुलीलाई प्रभाबकारी र चुस्त बनाउन कार्यालयबाट नियमित तथा आकस्मिक रुपमा बजार अनुगमन गरिएको उनले बताए ।
‘ ब्यापारी र ब्यबासयीहरुमा कर सम्बन्धि सचेतना बढेका पाएका छौ प्रमुख मिश्रले भने उद्योगी,ब्यबसायी र ब्यापारीहरुले करका बिषयमा देखाएको इमान्दारीताले नै यो कार्यालय लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ ।कार्यालयबाट बिभिन्न कर परिक्षण गर्ने कार्यपनि निरन्तर चलिरहेको उनले बताए । अबैध रुपमा सञ्चालन भईरहेको फर्महरुलाई पनि करको दायरमा ल्याउन बजारमा नियमित उपस्थिती देखाइएको उनको दाबि छ ।यो बर्ष करदाता शिक्षा र सचेतना सम्बन्धि कार्यक्रमपनि सँगसँगै अगाढि बढेकाले राजश्व संकलनमा सहजता भएको उनको भनाई छ ।स्मरण रहोस आन्तरीक राजश्व कार्यालय धरान यस अघि राजश्व संकलनमा उत्कृष्ट कार्यालयको रुपमा छनौट भएको थियो ।