धरान/अपाङ्गता बुबाआमाको एक्लो सन्तान रोजिना राईलाई किरात राई यायोक्खा प्राकास भरौलले सिलाईकटाई तालिमसँगै सिलाई मेसिन प्रदान गरेको छ । स्थानीय भैरव राईको आर्थिक सहयोगमा उनलाई सिलाईकटाई तालिमसँगै २० हजार रुपैया बराबरको मेसिन प्रदान गरिएको हो । आर्थिक रुपमा विपन्न रोजिनाको परिवारको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले तालिम र सामग्री प्रदान गरिएको किराया भरौलका अध्यक्ष मोहन राईले बताए । मेसिन प्राप्त गरेपछि रोजिना दङ्ग छिन् ।