धरान/पोखराका पर्यटन व्यवसायीहरुले धरानको पर्यटनलाई विकास गर्न यहीका पर्यटन व्यवसायीहरु लाग्नु पर्ने सुझाव दिएका छन् ।
[caption id="attachment_24993" align="alignnone" width="1024"]

धरानका पर्यटन व्यवसायीसँग छलफल गर्दै नाटाका पदाधिकारीहरु । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]
एक्स्ट्रिम धरानका पदाधिकारीहरुसँग बिहीबारको छलफलमा धरानको पर्यटनको सम्भावनालाई ‘यहीँका पर्यटन व्यवसायी’ ले अघि बढाउनु पर्ने सुझाव पेश गरे । त्यसका लागि धरानमा पर्यटन सम्बन्धी वार्षिक कार्यक्रम निर्माण गर्दै पर्यटकहरुलाई तान्नको लागि विभिन्न प्याकेजका कार्यक्रमहरु सिर्जना गर्नु पर्ने बताए । ‘यहाँ पर्यटनको प्रसस्तै सम्भावना छ ।
तर, यसलाई यहीकै व्यवसायीहरुले पर्यटन सम्बन्धी एक्टिभिटिजहरु बढाउनुपर्यो ।’ नेपाल ट्राभल एण्ड टुर एसोसिएसन (टान) नेपालका पश्चिमाञ्चल उपाध्यक्ष हर्कबहादुर गुरुङले भने । उनले पर्यटनलाई अघि बढाउनको लागि सबै क्षेत्रलाई आह्वान गरेर अघि बढेमा पर्यटनको विकास हुँदै जाने बताए ।
धरान पर्यटनको लागि प्रसस्तै सम्भावनाहरु भएको त्यहाँका पर्यटन व्यवसायीको ठहर छ । पूर्वको सुन्दर सहर धरानमा धार्मिक पर्यटनले मात्रै हैन, शैक्षिक, खेल पर्यटन, प्राकृतिक मनोरमका हिसावले पनि धेरै अघि भएको त्यहाँका पर्यटन व्यवसायी देख्छन् । तर, त्यसका लागि यहाँका पर्यटन व्यवसायीहरुले त्यसका लागि जतिसक्दो कार्यक्रमहरु बनाएर अघि बढाउन सकेमा पर्यटन विस्तारै अघि बढ्ने पोखराका अर्का पर्यटन व्यवसायी ध्रुव कुवरले बताए ।
‘जस्तो पोखरामा हामी वार्षिकरुमा जाउँ है पोखरा, चलिए पोखरा लगायतका कार्यक्रम गर्र्छौ । त्यस्ता कार्यक्रमहरु धरानमा पनि हुन आवश्यक छ । त्यो काम यहाँकै पर्यटन व्यवसायीले गर्ने हो ।’ कुवरले भने ।
धरान र पोखरामा उनी अन्तर देख्दैनन् । उस्तै हावापानी, उस्तै आदिवासी जनजाति बसोबास, रहनसहनलगायत सबैकुरो मिल्दोजुल्दो छ । यहाँ पाहुनालाई सत्कार गर्ने तरिका पनि राम्रो छ । तर, यसलाई विकास गर्न पर्यटन व्यवसायीहरुको खाँचो उनले देखेका छन् । ‘पर्यटनको प्रसस्तै सम्भावना देखेको छु ।’ धरानमा पहिलो पटक आइपुगेका पर्यटन व्यवसायी कुँवर भन्छन् । उनी मात्रै हैन, धरानमा ६ पटक आइसकेका अर्का पर्यटन व्यवसायी राजेश पहारीलेसमेत धरानमा घुम्ने ठाउँहरु प्रसस्तै भएको पाउँछन् ।
‘त्यसलाई पर्यटन व्यवसायीहरुले क्यास गर्नुपर्छ ।’ उनी भन्छन्, ‘पर्यटनको सम्भावना भएको ठाउँ हो ।’ जसरी पोखराले अन्नपूर्ण रेञ्जलाई बेचेर पोखरालाई पर्यटकीय सहरको रुपमा विकास गरेको छ । त्यसरी नै धरानले मकालु रेञ्जमा टे«किङ गराएर धरानमा पर्यटकीय हव बनाउन सक्छ । तर, त्यसका लागि यहाँका पर्यटन व्यवसायीहरुमा लगनशीलताको खाँचो देख्छन् उनी । ‘अहिले त रोड एक्सेस भइसकेको छ । धरानमा आउने पर्यटकहरुलाई त्यहाँ लाने वातावरण मिलाउने हो भने यहाँको पर्यटन पोखराको पर्यटक भन्दा कम छैन् ।’ उनी भन्छन्, ‘तर, यहाँको पर्यटन व्यवसाय भर्खरै माथि उठ्दै छ ।’
धरानमा पर्यटकीय गतिविधि हुन थालेको धेरै भएको छैन् । यहाँ गोरा पर्यटकहरु खासै देखिदैनन् । ब्रिटिस क्याम्प ताका जति गोराहरु धरानमा पहुँच राख्थे । अहिले ब्रिटिस क्याम्प हटेलगत्तै उनीहरुको पहुँच धरान भन्दा बढी पोखरा हुने गरेको छ । तर, यसलाई ब्याक गराउनको लागि यहाँको पर्यटन व्यवसायीहरुमा इच्छाशक्तिको खाँचो छ ।
त्यसलाई पूरा गराउने हो भने धरानमा सम्भावना देख्छन् पोखराका पर्यटन व्यवसायीहरु । यातायातको सहज पहुँच बनाउने हो भने पनि पर्यटन बेच्न खासै गाह्रो नहुने तर्क गुरुङको छ । ‘यहाँका मान्छेले नजिकका पर्यटकीय गन्तब्यहरुमा ट्रान्सपोर्टेसनको व्यवस्था गर्नुपर्छ ।’ पहिलो पटक धरान टेकेका गुरुङ भन्छन् ।
धरानको पर्यटनमा यतिखेर केही पर्यटन व्यवसायीहरु र केही संस्थाहरु लागिपरेका छन् । जसमा एक्स्ट्रिम धरान रहेको छ । एक्स्ट्रिमका अध्यक्ष लेखमणी जिमीले धरानको पर्यटनलाई बुझ्नको लागि पोखराबाट आएको बताए । उनका अनुसार पोखराका पर्यटन व्यवसायीहरु भेडेटारलगायत क्षेत्रको अवलोकन गरेर भद्रपुरमा बिहीबारदेखि हुन लागेको नाटा पूर्व च्याप्टरको भेलामा सहभागी भएका छन् । नाटाका पदाधिकारीहरुसँग पूर्वको पर्यटकीय गन्तब्यहरुको बारेमा छलफल गरिएको छ ।