भद्रपुर / झापाको पृथ्वीनगरबाट एक सय २५ किलो गोरुको मासु सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पृथ्वीनगर ५ स्थित किचकबध नाकाबाट नेपाल भित्राउदै गरेको अवस्थामा वुधवार दिउँसोे मासु बरामद गरेको डिएसपी राजेश उप्रेतीले जानकारी दिए ।
बोरा तथा झोलामा प्याक गरेर चार वटा साइकलमा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले दशगजा क्षेत्रबाट मासु बरामद गरेको डिएसपी उप्रेतीले जनाए । नेपालमा प्रतिबन्धित गोरुको मासु ल्याउने भारतीय कारोबारी साइकल छाडेर भागेकाले कोही पक्राउ नपरेको उनकोे भनाई छ । बरामद गरिएको मासुलाई अस्थायी पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुरमा नेपाल प्रहरी, स्थानीयबासी, पत्रकारको रोहवरमा नष्ट गरिएको छ ।
ठूलो परिणामा भित्राइएको मासु झापाका होटलमा बिक्रीका लागी ल्याएको हुन सक्ने सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।