ताप्लेजुङ / हिउँदको समय लागे सँगै ताप्लेजुङमा पुन आगलागिको घटनामा बृद्धि भएको छ । गत सोमबार दिउँसोबाट पाथीभरा क्षेत्रको भित्री देउराली सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागिका कारण लालिगुराँसले ढाकेको ठुलो क्षेत्रको बन जलेर नस्ट भएको सामुदायिक वनका सचिव पासाङरिता शेर्पाले बताए । सोमबार दिनभर समुदायको प्रयासले मात्रै आगो निभाउन सम्भव नभएपछि हिजो दिउँसोदेखि सदरमुकामबाट प्रहरी र सेनाको टोली पनि खटिएको आगो निभाउने काम भईरहेको शेर्पाको भनाई छ । प्रहरी र सेना सहित जिल्ला बन कार्यालयले पनि आगो नियन्त्रणका लागि कर्मचारी खटाएको बन कार्यालयले बताएको छ । आगो ठुलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा समस्या भएपछि चारैतिर अग्निरेखा कोर्न थालिएको स्थानियले बताएका छन् । आगलागि सोमबार दिउँसो तीन बजेबाट सुरु भएको भए पनि आगलागिको कारण भने खुलेको छैन । आज पनि विहानै देखि आगो नियन्त्रणका लागि स्थानिय, प्रहरी, सेना र बनका कर्मचारी खटिरहेका छन् । यस बनमा दुर्लभव प्रजातिको लालिगुराँस र रेडपाण्डा पाईने गरेको छ ।

अघिल्ला वर्षहरुमा फागुन र चैतमा आगलागीका घटना हुने गरेपनि यस वर्ष असोज महिना देखि पानी नपरेको र झार पात सुकेकाले आगो चाँडो फैलीएको बन कार्यालयले बताएको छ । यस वर्षको हिउँद लागेयता पानी नपरेकाले चिसो धेरै नबढि पुन तापक्रम बढ्न सुरु भएको पुर्वि क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । आजको ताप्लेजुङको न्यूनतम तापक्रम ६.९ डिग्रि सेलसियस सम्म पुगेको छ । हिजो भन्दा आज करीव दुई डिग्रिले तापक्रम बढेको सो कार्यालयले बताएको छ ।

यसैविच ताप्लेजुङको नाल्बुमा एक घरमा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ । हिजो दिउँसो नाल्बु नौ का सुम्बा शेर्पाको दुई तले घरमा अचानक आगलागि हुँदा सो मुल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागिका कारण घर सहित ग्वाली तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जलेर नष्ट भएको प्रहरीको भनाई छ । आगालगी प्रहरी चौकी थुकिम्बाबाट खटिएको प्रहरीको टोली र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।