-
Home
-
पूर्व
-
सट्टाभर्ना लिएकाे जलाधारकाे जग्गा अढाइ दशकदेिख भाेग चलनमा
सट्टाभर्ना लिएकाे जलाधारकाे जग्गा अढाइ दशकदेिख भाेग चलनमा
धरान/पहिल्यै सट्टाभर्ना पाए पनि सुनसरीको साबिक बाँझगरास्थित सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा अढाई दशकदेखि विभिन्न व्यक्तिले कब्जा गरी भोगचलन गर्दै आएको खुलेको छ ।
जलाधार क्षेत्र संरक्षणका लागि सरकारले स्थानीयलाई २०३४ सालमा सट्टाभर्ना दिएर मोरङको बयरवन स्थानान्तरण गरे पनि फर्केर सोही जग्गा कब्जा जमाएको मालपोत कार्यालय बेलबारीले जनाएको छ ।
‘जलाधार आसपासका बासिन्दालाई सरकारले बयरवनमा सट्टाभर्ना दिएको कागजात हुँदाहुँदै उनीहरुले त्यहाँको जग्गा भोगचलन गर्दै आएका छन् ।’ मालपोत बेलबारीका एक कर्मचारीले भने, ‘भूमाफियाको बलमा बिभिन्न चलखेल गरी सर्वोच्च अदालतबाट उक्त जग्गामा हकभोग अधिकार कायम गराई उनीहरु भोग्दै आएका छन् ।
जलाधारको यतिविधि जग्गा खुलेयाम भोगचलन गर्दै आएको देखेपछि काठमाडौंस्थित भूमिसुधार तथा व्यवस्थापन विभागले चासो लिएको ती कर्मचारीले बताए ।