भद्रपुर/ झापाको भद्रपुरमा भौतिक संरचना निर्माण तथा विश्व शान्ति एवं मानव कल्याणमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह धन– धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ । भद्रपुर १३ स्थित चन्द्रगढी सरस्वती टोलमा रहेको विष्णु पाञ्चायन मन्दिरमा आयोजना गरिएको यहि माघ १८ गते देखि कलसयात्रा सहित २६ गतेसम्म भौतिक संरचना निर्माण तथा सामाजिक सद्भाव कायम राख्ने मूल लक्ष्य लिएर श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको हो । पुराण आयोजक समितिले दिएको जानकारी अनुसार दैनिक पूजा सञ्चालानार्थ अक्षय कोषको बृद्धि,साधु सन्त तथा पुजारी निवास,पाक घर भण्डारण सहितको सामुदायीक भवन निर्माणका लागि आवश्यक सामग्री जुटाउन पुराणको सहयोग लिइएको जनाएको छ । पुराणमा पण्डीत शान्तिराम नेपाल र हेमन्त पौडेलवाट कथा प्रवचन तथा मुल पाठपारायण हुने छ । पुराण सफल पार्न विभिन्न २८ वटा उपसमितिमार्फत तयारी गरिएको आयोजक समितिले जनाएको छ । पुराण सम्पन्न गर्न मन्दिर सञ्चालन समितिका अध्यक्ष विष्णु प्रसाद काफ्लेको नेतृत्वमा १ सय २१ जना कार्य समितिको मूल आयोजक समिति रहेको जनाइएको छ । पुराण तयारी वारे जानकारी दिदै आयोजक समितिका सचिव देवी प्रसाद दाहालले ३० लाख आय तथा ९ लाख खर्च गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले आवश्यक पूर्वाधार निर्माणको मूल उद्देश्य रहेको जानकारी दिए । पुराणलाई नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।