-
Home
-
राशिफल
-
मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुन्छ: निधि
मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुन्छ: निधि
वीरगन्ज/उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न नसक्ने बताए । एक प्रश्नको उत्तरमा उनले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताए ।
प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाएका थिए । रासस