धरान/संविधानले नै निर्वाचनको मिति निश्चित गरेकाले २०७४ सम्ममा तीन तहकै निर्वाचन सम्पन्न हुने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले बताएका छन् । [caption id="attachment_23839" align="alignnone" width="1024"] वर्तमान राजनीतिक अवस्था बारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री सूरेन्द्रबहादुर कार्की । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] प्रेश सेन्टर सुनसरीले सोमबार गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री कार्कीले २०७४ माघसम्म संविधानको समय रहेकाले उक्त समयसीमासम्म निर्वाचन सम्पन्न भइसक्ने दाबी गरेका हुन् । उनले भने, ‘अहिले सबै दलहरु निर्वाचन तर्फ केन्द्रीत छन् ।’ उनले तीन तह मध्ये स्थानीय निर्वाचन सुरुमा हुने बताए । ‘धेरै लामो समयदेखि स्थानीय निर्वाचन हुन सकेको छैन् । त्यसैले सुरुमा स्थानीय निर्वाचनमै जोड हुन्छ ।’ उनले थपे । सबै दलहरुमा अहिले कसरी निर्वाचनमा जाने भन्दै एजेण्डा मात्रै खोजिरहेको उनले बताए । उनले एमालेले तथाकथित राष्ट्रवादको मुद्दा तयार पारेको आरोप लगाए । ‘निर्वाचनमा जानको लागि एमालेले तथाकथित राष्ट्रवादको मुद्दा तयार पारेको छ ।’ उनले भने, ‘सबैले चुनाव जाने एजेण्डा खोजिरहेका छन् ।’ उनले अर्को प्रसङ्गमा हुलाक सेवालाई सूचना तथा सेवा केन्द्रको फर्मेसनमा जाने तयारी गरिरहेको बताए । उनले गाउँस्तरमा सेवाको काम पनि यसैले गर्ने गरीको सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने बताए । त्यस्तै धरानको टेलिकम कार्यालय इटहरी सार्ने विषयमा गरिएको जिज्ञासामा उनले धरानको कार्यालय सार्ने काम रोकिदिनुस् भनेर भनिएकाले हाल काम रोकिएको बताए । उनले त्यसका लागि कुन तहबाट सार्ने निर्णय भएको थियो त्यही बसेर आफूले रोक्न प्रयत्न गर्ने प्रतिवद्धता जाहेर गरे ।