विजयपुर/नेकपा (एमाले) ९ नम्बर वडा कमिटीको वडा भेला तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।नेकपा (एमाले) को चार महिने अभियान तथा वार्षिक कार्यक्रमअनुसार भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष शिवकुमार राईले जानकारी दिए । कार्यक्रममा बोल्दै वक्ताहरुले संविधान कार्यान्वयन र निर्वाचन एमालेको मुख्य एजेन्डा भएकाले यसका लागि सबैले रचनात्मक दबाव दिनु आवश्यक रहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि तथा एमाले सुनसरी जिल्ला कमिटीका सचिवालय सदस्य मुरारी सुवेदीले देश एमालेमय भइरहेको भन्दै एमालेका नेता, कार्यकर्ता तथा समर्थकले संविधान कार्यान्वयनमा आप्mनो भूमिका खोज्नुपर्ने बताए । एमाले धरानका अध्यक्ष तारा सुब्बाले अब देश निर्वाचनमा जाने भएकाले त्यसको तयारीमा समेत जानुपर्ने बताए ।कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य मञ्जु भण्डारी, जिल्ला सल्लाहकार परिषद् सदस्य शङ्करप्रसाद आचार्य, नगर सल्लाहकार परिषद् सदस्य रामबहादुर श्रेष्ठ, लोकतान्त्रिक सुनुवार सेवा समाज सुनसरीका सचिव गजेन्द्र मुखिया, युवा सङ्घ धरानका इञ्चार्ज दिवस राई, नगर अध्यक्ष राजेन्द्र राई, क्षेत्रीय अध्यक्ष बिवोद राई लगायत उपस्थित थिए । सोही भेलाले युवा सङ्घको ९ नम्बर वडा कमिटी पनि गठन गरेको थियो ।