[caption id="attachment_23646" align="aligncenter" width="827"] तस्विर उपेन्द्र चाम्लिङ/ब्लाष्टखबर[/caption]

विजयपुर /नेपाली काङगे्रसका महामन्त्री शसांक कोइरालाले संबिधान संसोधनको बिषयमा सहमती गरेर तत्काल निर्बाचनमा जानु पर्ने बताएका छन् ।नेपाली काङग्रेश सुनसरी क्षेत्र नंम्मर १ को बार्षिक भेलालाई सम्बोधन गर्दै उनले देशको बिकाशका लागि र संबिधान कार्यान्वयनकालािग निर्बाचन अनिबार्य रहेको भन्दै उनले सहमतीका आधारमा अहिलेको निकाश निकालेर निर्बाचनमा जानु पर्ने धारण राखे ।

आफु पार्टिको सभापती र प्रधानमन्त्री बन्ने सपना नबोकेकाले वीपी कोइरालाको बिचार र सिद्धान्तलाई कार्यान्वयनकालािग जस्तोसुकै परिस्थीतीको सामना गर्नपनि तयार रहेको बताए । देशको कठिन परिस्थीतीमा नेपाली काङग्रेशले निर्णयक भुमिका निर्बाह गर्दै आएको बताउदै उनले नेपाली काङग्रेश सहमती र सहकार्यका आधारमा बिश्वास गर्ने बताए ।

नेपाली जनता अस्थीर राजनितीबाट आजित भईसकेको बताउदै सहमतीय राजनिती गर्न उनले अन्य दलका नेताहरुलाई आग्रह गरे । धरान–१० स्थित शैनिक भवनमा आयोजित भेलामा नेपाली काङग्रेशका संसद सरीता प्रसाई र बद्रि पाण्डे,नेपाली काङग्रेश सुनसरीका सभापती राजीब कोइराला,जिल्ला सचिब सुजेन्द्र तामाङ,क्षेत्रिय सभापती सुरेशमान श्रेष्ठ लागयतका नेताहरुले सम्बोधन गरेका थिए ।