ताप्लेजुङ/नेपाल विद्युत प्राधिकरणले लिजमा लिएका कर्मचारीलाई करारमा समेत नराखि हटाउने तयारीमा लागेको भन्दै ताप्लेजुङमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् । उनिहरुले सोमबार दिनभर कार्यालयको काम ठप्प पार्दा विल तिर्न तथा नयाँ निवेदन दिन गएका सेवा ग्राहि मर्कामा परेका छन् । उनिहरुले दिउँसो तीन बजेबाट ताप्लेजुङमा वितरीत विद्युत सेवा ठप्प पर्ने बताए पनि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको प्रयासमा युवा सरोकार समिति र विद्युतका कर्मचारी बिचको छलफल पछि विद्युत अबरोध गर्नबाट भने कर्मचारी पछि हटेका छन् ।

विद्युत उपभोक्ता संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरी विद्युत अबरुद्ध गर्न निस्किएका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी खड्काले बोलाएर मन्त्रालय र केन्द्रमा कर्मचारीको माग सम्बोधन गर्न आफुले सोमबारबाट प्रयास गर्ने बताएपछि उनिहरुको आन्दोलन रोकिएको छ । प्रजिअले आफुहरुका माग सम्बोधन गर्ने स्थान सम्म पु¥याउन प्रयास गर्ने भए पछि आफुहरु आजबाट आन्दोलन स्थगित गरी कममा फर्किको विद्युत उपभोक्ता संस्थाका स्टेसन म्यानेजर विष्णु खतिवडाले बताउनुभयो । गत कातिक १३ गते ताप्लेजुङमा केन्द्रिय प्रसारण लाईनको विद्युत जडान गरी ताप्लेजुङ विद्युत उपभोक्ता संस्थाका कर्मचारीलाई नै पछि नियुक्ति गर्ने भन्दै आस्वासन दिए पनि अहिले ज्यालादारिमा काम लगाउने निर्णय गरेको भन्दौ उनिहरु आन्दोलनमा उत्रिएका थिए ।

केन्द्रिय प्रसारण लाईनलको विद्युत जोडेको दुई महिना बिति सक्दा समेत ताप्लेजुङमा काम गर्न कर्मचारीलाई तलब नदिएको, कर्मचारी व्यवस्थापन र नियुक्तिका लागि जिल्लाका सबै कर्मचारीको विवरण क्षेत्रीय कार्यालय हुँदै केन्द्रमा पठाए पनि प्राधिकरणले तोक्ने दरबन्दि र राख्ने कर्मचारीमा समेत जिल्लामा काम गर्न कर्मचारीलाई नपारेकाले आफुहरु आन्दोलित हुुनुपरेको म्यानेजर खतिवडाको भनाई छ । ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरणले ४७ जना कर्मचारी दरबन्दि रहेको वितरण शाखा स्थापना गर्ने तयारी गरे पनि अहिले काम गरीरहेका जिल्लाका १४ जना कर्मचारी लाई सो दरबन्दिमा नपार्ने सड्यन्त्र भईरहेको आन्दोलनरत कर्मचारीको भनाई छ ।