hhhhhhभद्रपुर/होटल सञ्चालक सहित चार जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको विर्तामोड स्थित नयाँ वस पार्कमा रहेको स्वागतम होटलका सञ्चालक खेम राज वुढाथोकि लगायत भारतिय युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।गोप्य सुचनाको आधारमा आइतवार दिउँसो खटिएको सादा पोसाकका प्रहरीले आपत्तीजनक अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जनाए । नियन्त्रणमा रहेका १९ देखि २३ वर्षका युवती र२४ देखि २९ वर्षसम्मका युवा रहेको डिएसपी शर्माले बताए । पक्राउ परेका युवाहरुको नाम भने प्रहरीले दिन चाहेन । उनिहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको बुझिएको छ ।