धनकुटा /नेपाल विधुत प्रधिकरण धनकुटा शाखाको स्वामित्वमा धनकुटा–१ हिलेमा रहेको सयौं रोपनी जग्गा सुकुम्वासीको नाममा अतिक्रमण वढेपछि स्थानिय प्रशासनले जग्गा अतिक्रमण गरेर अटेर गरी वस्नेहरुको घरटहरा आईतवार डोजर लगाएर भत्काई दिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटामा राजनितिक दल, सरोकारवाला निकाय, नेपाल विधुत प्राधिकरण धनकुटाको संयुक्त वैठकले निर्णय गरेर स्थानिय प्रशासनले गएको मंसिर १३ गते एक महिना भित्र हटाउने गरी जग्गा अतिक्रमण गरेर वस्ने ४७ घर टहरामा सुचना टाँस गरेको थियो । घर टहरा भत्काउने क्रममा प्रतिकार गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा नेपाल वसोवास वस्ती संरक्षण समाज धनकुटाका अध्यक्ष एन्जिला याखा र घरटहरा वनाई वसोवास गरिहेका कमला राई रहेकी छन् । उनी श्री नं.२ वाहिनी अड्डा हिलेमा कार्यरत नेपाली सेनाको परिवार रहेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीले वताएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी हिले प्रहरी चौकीमा ल्याए पनि अपरान्ह ४ वजे छोडेको थियो ।
स्थानिय प्रशासनले यस अघि टाँस गरिएको सूचनामा स्थानिय प्रशासन ऐन २०५७ को दफा ९ को उपदफा ६ (क) वमोजिम एक महिना भित्रमा ज–जस्ले अनाधिकृत रुपमा घर वनाएर वसोवास गरेका छन् भत्काउन आदेश दिइएको छ भनिएको थियो । तर जारी सूचनालाई अटेर गरी एक महिना वितेर जाँदा पनि जग्गा खाली नगरे पछि स्थानिय प्रशासन ऐनको दफा ९ को उपदफा ६ (क) वमोजिम कानुनले तोके अनुसार घर टहरा भत्काईएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले वताएका छन् । प्रजिअ उप्रेतीको अगुवाईमा सशस्त्र प्रहरी र जनपथ प्रहरी १ सय ५० को संख्यामा २ वटा डोजर सहित घरटहरा भत्काउन खटाईएको थियो ।
साथमा जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारी, शसस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका गुल्मपति दुर्गेश थापा र नेपाल विधुत प्राधिकरण धनकुटा शाखाका प्रमुख ध्रुर्वराज कार्कीले घरटहरा भत्काउने कार्यको अगुवाई गरेका थिए । प्रशासनले घर टहरा भत्काउने क्रममा प्रतिकार हुने डरले पानी फोहोरा हान्नको लागी दमकल, अश्रुग्याँस, सयौंको संख्यामा प्रहरी परिचालन गरे पनि कुनै ठुलो प्रतिकार भने भएन । चार वटा गाडीमा जिल्ला सदरमुकाम देखी जनपथ प्रहरी र सशस्त्र प्रहरी हिले पु¥याइएको थियो ।नेपाल विधुत प्राधिकरणले ०४५ साल देखी नै जग्गा अतिक्रमण गरी वसोवास गरिहेकालाई जग्गा खाली गर्न पटक पटक अनुरोध गर्दा पनि जग्गा खाली नगरेकाले यो पटक भने वाध्य भएर स्थानिय प्रशासनलाई गुहार्नु परेको कार्यालय प्रमुख ध्रुर्वराज कार्कीले वताएका छन् ।
उनले धनकुटाको मात्र नभएर नेपाल राज्यभरकै विधुत प्राधिकरणको अतिक्रमणमा परेको जग्गा खाली गराउने अभियान प्राधिकरणले संचालन गरेको वताउँदै सोही वमोजिम धनकुटामा पनि आवश्याक कार्वाही अघि वढाएको उनले वताएका छन् ।कार्कीले विधुत प्राधिकरणको जग्गामा धनमानी, वसोवास गरेको मध्ये ९० प्रतिसत हिले वाहिनीमा कार्यरत नेपाली सेनाका परिवार र सुक्कुवासीको नाममा केही ढुक्कुमवासीले घरटहरा वनाएर वसोवास गरिरहेको पाइएकाले वल प्रयोग गरेर हटाईएको वताएका छन् । घरटहरा भत्काउँदा वृद्धवृद्धा र वालवालिका अलपत्र प्रहरी प्रशासनले घरटहरा भत्काएसंगै चिसो मौसमको कारण घरटहरामा वस्दै आएका वृद्धवृद्धा र केटाकेटीलाई समश्या भएको छ । प्रशासनले घरटहरा भत्काउन एक महिना अघि आदेश दिए पनि नटेरी वस्ने १३ घर परिवारका वालवच्चा, वृद्धवृद्धासंग आश्रीत अन्य परिवारलाई रात गुजार्न चिसो काट्न गाह्रो देखिएको छ ।
आईतवार प्रशासनले घरटहरा भत्काउने क्रममा काठपात, च्याँदर केही पनि काम नलाग्ने गरी ढोजरले भत्काई दिएपछि उनीहरुलाई रात गुजार्न समश्या भएको विगत ३० वर्ष देखी वसोवास गर्दै आएका ९२ वर्षिया वीरवहादुर नेपालीले वताए । उनले आफ्नो लुगाफाटा, भाँडाकुडाँ र ओड्ने ओछ्याउने केही पनि नरहेको वताए । उनी श्रीमती तिर्थमाया नेपाली,२ छोरा र २ छोरीको साहारमा वसिरहेका थिए । उनले अवो मर्ने वेलामा म काँहा जानु सर भन्दै ब्लाष्टको सामुु आँसु झारे ।
त्यसैगरी दिक्तेल आम्चोक डमर्कवाट १७ वर्ष अघि मजदुरी गर्दै आएका वर्ष ८९ का तिल वहादुर वि.क.ले नगरपालिकाले शौचालय वनाउन लगायो घर धुरी कर तिर्न लगायो अहिले पुलिसले डोजर लगाएर घर भत्काई दियो हामी निमुखा नेपाली नागरिक माथि अन्याय भएको वताए ।