धरान/राष्ट्रिय जनमुक्ती पार्टी लिम्बूवान राज्य परिषद्को दोस्रो अधिवेशन धरानमा पुषको अन्तिम साता हुने भएको छ । पुषको २८ र २९ गते गरी दुईदिन अधिवेशन हुन लागेको लिम्बुवान राज्य परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
[caption id="attachment_23365" align="alignnone" width="1024"]

पुष २८ र २९ गते गरिन लागिएको राष्ट्रिय जनमुक्ति पार्टी अन्तर्गत लिम्बुवान राज्य परिषदको दोस्रो अधिवेशन बारे पत्रकार सम्मेलन गरी जानकारी दिँदै । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
अधिवेशनमा अरुण पूर्वको ९ जिल्लाका प्रतिनिधि, पर्यवेक्षकसहित ५ सय जनाको सहभागिता रहने छ । पुष २८ गते उद्घाटन सत्र हुने छ । जसलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा बरिष्ठ सल्लाहकार मेजर श्रवणकुमार लिम्बू, मूल्याकंन समितिका संयोजक रामबहादुर तुम्बापोलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको परिषद्का अध्इक्ष क्याप्टेन अमरबहादुर पन्धाकले बताए ।
उद्घाटन पूर्व र्यालीले धरान नगरपरिक्रमा गर्दै भानुचौकमा हुने उद्घाटन सत्रमा सहभागी हुने छन् । पुष २९ गते बन्दसत्रको कार्यक्रम राखिएको छ । जुन कार्यक्रम धरान–१५ स्थित इजी राइडर होटलमा सञ्चालन हुने छ । बन्दसत्रले ५१ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्ने कार्यक्रम रहेको छ । जनमुक्ति पार्टीले संविधान संसोधन गरेर जानु पर्ने अडान राख्दै आइरहेको छ ।