p-1पथरी/मोरङको बयरवन स्थीत प्रहरी चौकी रमाइलोले बिभिन्न समयमा बरामद गरिएको तीन सय लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । आइतबार स्थानीय बुद्धिजीवि र पत्रकारको रोहवरमा प्रहरी चौकीले रक्सी खाल्टोमा लगाएर नष्ट गरेको हो ।

बयरवन÷केरौनको नाका हुदै बिक्रिको लागी दक्षिण भेगको सिमापारी लैजाने क्रममा प्रहरी चौकी रमाइलोको गस्ती टोलीले दुई महिना यता बिभिन्न समयमा पक्राउ गरी संकलन गरिएको रक्सी नष्ट गरेको चौकीको असई केसीलाल राजधामीले बताए । नष्ट गरेको उक्त घरेलु मदिरा अन्दाजी बजार मुल्य १ सय रुपैया प्रतिलिटरका दरले रु ३० हजार बराबरको रहेको जनाएको छ । पछिल्लो समय प्रहरीले त्यस क्षेत्रमा अवैध मदिरा नियन्त्रणको प्रयास तिव्र पारिएको असई राजधामीले बताए ।