Lokman sing karkiकाठमाण्डौ/काठमासर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हाको इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको नियुक्ती सम्बन्धी मुद्दामा लामो छलफलपछि आइतबार सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।  अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।15895147_10211070475058848_8214863522313971702_n